मूल्यबृद्धिको विरोधमा आन्दोलनको नयाँ स्वरुप (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

मूल्यबृद्धिको विरोधमा आन्दोलनको नयाँ स्वरुप (फोटो फिचर)

mulya bridhi (2)

तेजना पण्डित
काठमाडौं, ४ असार
। आगार्मी आर्थिक वर्षको बजेट आएसँगै मूल्यबृद्धिको मार खेपिरहेका सर्वसाधारण राहतको पर्खाइमा छन् । तर, नियमनकारी निकाय निस्क्रिय हुँदा व्यापारीको मनोमानी रोकिएको छैन । मूल्यबृद्धिको विरोधमा आन्दोलन गर्दै आएका विद्यार्थीहरुले भने आन्दोलनको नयाँ स्वरुप अपनाएका छन् ।

किर्तिपूर स्थिति त्रिभुवन विश्वविद्यालय परिसरमा सोमबार बिहान फरक दृश्य देखियो । कोही चउरमा खाना पकाउँदै थिए, कोही सडकमै खाना खाँदै थिए भने कोही जिन्दावाद र मुर्दावादको नारा लगाउँदै थिए । झट्ट हेर्दा वन भोजजस्तो देखिए पनि त्यो न त वनभोज थियो न कुनै राजनीतिक दलले चुनाव जितेको खुसियालीमा दिएको पार्टी नै । यो त मूल्यबृद्धिले आक्रान्त भएपछि नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रम थियो ।

आगामी आर्थिक वर्षको बजेट आएसँगै व्यापारीहरुले दैनिक उपभोग्य बस्तुमा मनोमानी मूल्य बृद्धि गरेका छन् । जसका कारण दैनिक पारिश्रमिक गरेर गुजरा चलाउने निम्न स्तरका परिवारको चुल्हो बाल्नै कठिन हुने अवस्था आएको छ । मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले दाल, चामल, नुन, तेल, तरकारी लगायतका खाद्यान्न मागेर सडकमै पकाएर खाए । सर्वसाधारणको दैनिकी कष्टकर हुँदासमेत सरकार मुकदर्शक बनेर बसेको उनीहरुको आरोप छ ।

विद्यार्थीहरुको सांकेतिक विरोधमा स्थानीयको पनि सहभागिता रहेको थियो । उनीहले मूल्यबृद्धिका कारण आफूहरुको दैनिकी निकै कष्टकर बनेको गुनासो गरे । मुल्यबृद्धिको मार रोक्न बजार अनुगमनका साथै विपन्न वर्गका नागरिकलाई राहत कार्ड उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ

प्रधानमन्त्रीले कोही पनि भोकै बस्नुनपर्ने भन्दै पटक–पटक भाषण गरे पनि बजारमा देखिएको बेथिति र चरम मूल्यबृद्धिले विपन्न वर्गका परिवार मर्कामा परेका छन् । समृद्धिको सपना बाँडिरहेको सरकारले नागरिकलाई तत्कालिन राहतसमेत महसुस गराउन नसक्नु भने दुःखद हो । मूल्यबृद्धिको मारमा पिल्सिएर कसरी ’समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले सार्थकता पाउला ।

mulya bridhi (1)

ताजा समाचार