काठमाडौं, ४ असार । राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट तोकिंदै छ । गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र कांग्रेसका जितेन्द्र देवको कार्यकाल छ वर्ष तोकिएको छ ।
नेकपाका दिनानाथ शर्माको चार तथा कांग्रेसका सुरेन्द्र पाण्डेको कार्यकाल दुई वर्ष तोकिएको छ । छ वर्षे कार्यकाल हुने भाग्यमानी महिला सांसदमा विना पोखरेल, प्रमिलाकुमारी यादव, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाईं र इन्दु कडरिया हुन् ।