प्रभु टिभीको सेवा प्रारम्भ | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

प्रभु टिभीको सेवा प्रारम्भ

tv

काठमाडौं, ४ असार । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारणमा आधारित प्रभु टिभीको सेवा प्रारम्भ गरेको छ ।

सुभारम्भ कार्यक्रममा आईतबार प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकारबाट लाइसेन्स प्राप्त संस्थाले प्रभु टिभी कल साइनमा देशव्यापी रुपमा बर्षै भरी उच्च गुणस्तरिय डिजिटल टिभी च्यानलहरुको प्रशारण सेवा दिने बताए । यो टिभीले प्रारम्भिक चरणमा काठमान्डौं, चितवन र पोखरामा मात्रै सेवा प्रदान गरे पनि विस्तारै देशैभरी आफ्नो सेवा विस्तार गर्ने जनाएको छ ।

प्रभु टिभीले विभिन्न प्रकारका च्यानलहरु बालवालिका, चलचित्र, खेलकुद, संगित मनोरञ्जन र सूचनामुलक नेपाली तथा अन्तर्राष्ट्रिय च्यानलहरुसमेत प्रस्तुत गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);