कविता कार्की
काठमाडौं, ३ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार गरेको शैक्षिक हड्तालका कारण पठनपाठन प्रभावित भएको छ । नीजि विद्यालयले चर्को शुल्क लिएको र आफ्ना नेता पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभर शैक्षिक हड्ताल गरेको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार गरेको शैक्षिक हड्तालका करण देशभरको पठनपाठन प्रभावित भयो । नीजि विद्यालयले चर्को शुल्क लिएको र आफ्ना नेता पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभर शैक्षिक हड्ताल गरेको हो ।
उसले तत्काल आफ्ना नेताको रिहाइको माग गरेको छ । शैक्षिक हड्तालले बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै बन्दको विकल्प खोज्न अभिभावकले माग गरेका छन् ।
राजीनितक दलले शैक्षिक संस्थालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् । तर दलहरुले हरेक आन्दोलनको निशाना शैक्षिक संस्थालाई नै बनाउने गरेका छन् । बन्द हड्तालले बालबालिकामा नकारात्मक असर पर्ने गरेको छ ।
जसको कारण शैक्षिक गुणस्तर खस्कँदो छ । त्यसैले शैक्षिक संस्थालाई शान्ति क्षेत्र भाषणमा हैन व्यवहारमा कार्यन्वयन गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।