काठमाडौं, ३ असार । सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ ।
आइतबार कमप्युटर एसोसिएसन क्यान द्धारा आयोजीत सम्मेलनको उद्धघाटन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने घोषणा गरेका हुन् । मन्त्री बास्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।
नेपालमा २९ हजार सामूदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ । सरकारी तथ्यांक अनुसार नेपालका १ सय ५० भन्दाबढि गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरु संचालनमा आउन सकेका छैनन् ।