आफ्नो टोलीको हौसलाका लागि जुँगा बढाउँदै समर्थक | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

आफ्नो टोलीको हौसलाका लागि जुँगा बढाउँदै समर्थक

russia world cup

एजेन्सी , २ असार । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल मैदानमा खेलाडीबीच हुने घम्साघम्सीका कारण मात्र चर्चित हुँदैन, विश्वकप फुटबलमा खेलसँगै समर्थकहरूको चर्तिकलाले पनि उत्तिकै चर्चा पाउँछ । रुसमा बिहीबारदेखि सुरु भएको २१औं विश्वकप फुटबलका क्रममा पनि समर्थकका थरीथरीका चर्तिकला समाचारको विषय बन्न थालेका छन् ।

कुनै समर्थक आफ्नो टोलीको खेल हेर्न जर्मनीबाट आयोजक राष्ट्र पुगेका छन् भने कुनै समर्थक टोलीको हौसला बढाउन पाँच हजार किलोमिटरभन्दा बढी दूरी साइकलमा पार गर्दै रुससम्म पुगेका छन् । यस्तोमा घरेलु टोली रुसका समर्थकले पनि आफ्ना खेलाडीको मनोबल बढाउन छुट्टै अभियान चलाएका छन् । रुसका समर्थकले आफ्नोे टोलीको हौसला बढाउन जुँगा बढाउने अभियान थालेका छन् ।

रुसका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता इभान उर्गान्टले विश्वकपमा घरेलु टोलीको हौसला बढाउन ‘जुँगा बढाऊ अभियान’ सुरु गरेका हुन् । उनले आफ्नो टेलिभिजन कार्यक्रममार्फत समर्थकलाई विश्वकप अवधिभर जुँगा बढाउन आह्वान गरेपछि जुँगा बढाउने समर्थकको संख्या बढ्दै गएको छ । महिला समर्थकले समेत नक्कली जुँगा लगाएर यो अभियानमा साथ दिँदै आएका छन् ।

खासगरी यो अभियानलाई रुसी टोलीका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभसँग जोडेर अगाडि बढाइएको हो । आफ्नो समयका चर्चित गोलरक्षक चेर्चेसोभ खेलाडी जीवनदेखि नै आफ्नो जुँगा र कपालको शैलीका लागि चर्चित थिए । चर्चेसोभले तात्कालीन सोभियत संघबाट पनि फुटबल खेलेका थिए । ‘चेर्चेसोभलाई यति बेला हाम्रो समर्थनको आवश्यकता छ, त्यसैले विश्वकप अवधिभर आफ्नो जुँगा बढाएर हामी उनको र राष्ट्रिय टोलीको हौसला बढाऔं’, इभानले आफ्नो कार्यक्रम र सामाजिक सञ्जालबाट समेत समर्थकलाई आग्रह गरेका थिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);