सरकारका कामप्रति गम्भीर खालका प्रश्न उठेका छैनन् : कुन्दन अर्याल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

सरकारका कामप्रति गम्भीर खालका प्रश्न उठेका छैनन् : कुन्दन अर्याल

kundan aryal

काठमाडौं, १ असार । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सरकारका कामप्रति गम्भीर खालका प्रश्न नउठेको बताएका छन् । विगतका सरकारले गर्ने काम प्रति गम्भीर प्रश्न उठ्ने गरे पनि ओली सरकारको काम प्रति गम्भीर प्रश्न हराएको उनले बताए । प्रतिपक्षीको आलोचना बाहेक सबैतिर उत्साह नै पाइएको उनको भनाइ छ । माउन्टेन संवाद कार्यक्रमका बोल्दै प्रेस सल्लाहकार अर्यालले जनमत मापन गर्ने आधार भनेकै आलोचना भएको बताए । मिडिया आलोचनाबाट सरकार डराउनु नपर्ने उनको भनाई छ । मिडियाले कस्तो लेखेका छन् भन्नेबारेमा आफुले सरकारलाई सुझाव दिने गरेको उनले बताए । मिडियालाई जनमत मापन गर्ने आधार मान्ने हो पनि सबैतिर सरकारको सकारात्मक आलोचना पाइएको अर्यालले बताए । आलोचना स्विकार्नु पर्नेमा उनले जोड दिए । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले अर्यालसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्: