एकद्वार प्रणाली लागू नगर्न सरकारलाई सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

काठमाडौँ, २ भदौ । बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदातलले आदेश दिएको छ।

 

अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो।

 

सर्वोच्चले बाढीपीडितहरुलाई तत्काल राहत, उद्धार र उपचारको व्यवस्था गर्न पनि भनेको छ। केन्द्रीय दैवी प्रकोप एकद्वार समितिले राहतमा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो। यस्तो निर्णय भएलगत्तै अधिवक्ता सुनिल रञ्जन सिंहले यस्तो निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);