नेपाली सेनाद्वारा ७ हजार बाढी पीडितको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २ भदौ । नेपाली सेनाले प्राप्त साधन र स्रोतको अत्याधिक प्रयोगका साथ बाढीपीडितको उद्धार र राहतमा जुटेको बताएको छ । रक्षामन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्राथमिकताका आधारमा आफुसंग भएको साधन र स्रोतको प्रयोग गरि उद्धार र राहत कार्यमा जुटेको बताएका हुन् ।

 

बाढीको पहिलो २४ घण्टामा मौसम प्रतिकुल भएका कारण उद्धार तथा खोजकार्यमा जुट्न नसकेपनि मौसममा सुधार आएसंगै काममा जुटेको उल्लेख गर्दै उनले बाढी प्रभावित तराईका १७ जिल्लामा सेनाले ७ सय ७५ जनालाई हवाई मार्फत र ६ हजार २ सय ४० जनालाई जमिनबाटै उद्धार गरेको जानकारी दिए ।

 

बाढी र डुबानमा परेकाको उद्धार, खोज तथा राहत कार्यका लागि १७ हजार ४ सय ९६ जना सैनिक जवान परिचालन गरिएको छ । उद्धारको लागि ७ वटा हेलिकप्टर, १ वटा फिक्स्डविङ्ग, मेशिन जडित ढुंगा १२ वटा र ११ वटा रबर बोट परिचालन भएको सेनाले जनाएको छ ।

 

नेपाली सेना साधन स्रोतले सम्पन्न भएपनि सबै केद्रमा रहेकाले समस्या भएको उल्लेख गरे । साधन स्रोत केन्द्रमा केन्द्रीकृत भएकाले विपत व्यवस्थापनमा समस्या भएको भन्दै प्रधानसेनापति क्षेत्रीले क्षेत्रलाई पनि साधन स्रोत सम्पन्न गरी तयारी अवस्थामा राख्नुपर्ने महसुस भएको बताए ।

 

बाढी र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ भने अझै ३४ जना हराईरहेका छन् । पत्रकार सम्मेलनमा रक्षामन्त्री भीमसेनदास प्रधान पनि उपस्थिति भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);