भारतले अमेरिकाबाट ६ वटा अत्याधुुनिक लडाकु हेलिकप्टर खरिद गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

भारतले अमेरिकाबाट ६ वटा अत्याधुुनिक लडाकु हेलिकप्टर खरिद गर्ने

एजेन्सी, ३० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतलाई ६ वटा एएच ६४ ई अपाचे लडाकु हेलिकप्टर बिक्री गर्न ९३ करोड डलरको करारलाई स्वीकृति प्रदान गरेको छ ।

उक्त हेलिकप्टरबाट भारतको घरेलुु र क्षेत्रीय खतराको सामना गर्न सघाउ पुुग्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाइ छ ।

भारत र अमेरिका दुुबै देशको कुुटनीतिक पहल पछि एक अर्काेलाई सघाउन तयार भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको पछिल्लो भेटघाट पछि अमेरिकाले भारतलाई घरेलुु र क्षेत्रिय जिम्मेवारी निर्वाह गर्न ६ वटा अत्याधुुनिक हेलिकप्टर बिक्रि गर्न सहमती जनाएको छ ।

यसका निम्ति ट्रम्प प्रशाशनले ९३ करोड डलरको करारलाई स्वीकृति प्रदान गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । यसबारेमा पेन्टागनले अमेरिकी संसदलाई पनि जानकारी गराएको छ ।

६ वटा लडाकुु हेलिकप्टरका अतिरिक्त अमेरिकाले भारतलाई नाइटभीजन सेन्सर र इनर्सल नेभिगेशन सिस्टम, फायर कन्ट्रोल राडार, हेल फायर लङग वे मिसाइल, स्ट्रिंगर स्लक आइ ९२ एच मिसाइल उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ ।

भारत र अमेरिकाबीच सुरक्षा कारोबार बढ्दै गएको छ । सुुरक्षा चुुनौती र भारतभित्रै आतंकबादी गतिबिधि बढ्न थालेको बेला यसबाट भारतलाई सुरक्षा गस्तीमा मद्दत पुुग्ने भारतका रक्षा बिशेषज्ञहरुले दाबी गरेका छन् । अमेरिकासंग भारतले खरीद गर्न लागेको हेलिकप्टर अमेरिकाका अतिरिक्त बेलायत, इजरायल, इजिप्ट र साउदी अरवसंग पनि रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);