काठमाडौं, २८ जेठ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले २८ दिन भन्दाबढि नेपाल बसे वृद्ध भत्ता काटिदिने बेलायत सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले २८ दिन भन्दाबढि नेपाल बसे गेसोमा आवद्ध वृद्धहरुको भत्ता काट्ने बेलायत सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायतको समृद्धिमा प्रधानमन्त्री थेरेसा मेको भन्दा बढि योगदान दिएका वीर गोर्खालीहरुको योगदानलाई कमजोर नआँक्न पनि बेलायत सरकारलाई चेतावनी दिए ।
संस्थापक अध्यक्ष गुरुङले बेलायत कर्मभूमि भएको उल्लेख गर्दै त्यहाँको सरकारले अपमान गर्न खोजे आफूहरुलाई सैह्य नहुने चेतावनी दिए । बेलायत सरकारले गेसोमा आवद्ध वृद्धहरु नेपालमा २८ दिनभन्दा बढि बसे भत्ता काटिदिने निर्णय गरेकोमा संस्थापक सभापति गुरुङको आपत्ति छ ।
संस्थापक सभापति गुरुङले गेसोमा आवद्ध वृद्धहरुलाई शरणार्थीको व्यवहार नगर्न पनि बेलायत सरकारको गम्भिर ध्यानाकर्षण गराए ।




