खाडीचौरदेखि जिरीसम्मको सडक स्तरोन्नतिमा लापर्बाही | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

खाडीचौरदेखि जिरीसम्मको सडक स्तरोन्नतिमा लापर्बाही

 सिन्धुपाल्चोक, २६ जेठ । निर्वाचनमार्फत कम्युनिष्टहरुलाई एकता गर्ने र त्यसपछि एकल सरकार बनाउने अधिकार दिएका जनता नयाँ सरकार आएसँगै निकै उत्साहित थिए । तर, सिन्धुपाल्चोक खाडेचौरदेखि दोलखा जिरी सडकमा यात्रा गर्ने यात्रु, चालक, र आसपासका नागरिकले भने विकासका काममा विगतभन्दा केही फरक नपाएको गुनासो गरेका छन् ।

दुई वर्षभन्दा बढी समयदेखि भत्किएको जिरी सडक स्तरोन्नति नगरिँदा आफूहरुले अत्यन्तै सास्ती खेप्नुपरिरहेको उनीहरुको गुनासो छ ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको १ सय १० किमि सडक स्तरोन्नतिको काम थालिएको दुई वर्षभन्दा बढी भइसक्यो । तर, सडक बन्नेभन्दा झन् झन् बिग्रदो छ । स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यो सडकखण्डको स्तरोन्नती कार्य खासगरी ठेकेदार र आयोजनाको विवादका कारण अल्झिरहेको छ ।

लामो समयसम्म सडक स्तरोन्नति नगरिँदा सडक आसपासका नागरिकले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । हिउँदमा धुलो, खाल्डो र वर्षामा हिलोका कारण स्थानीयसँगै यात्रुले पनि दुख पाउने गरेका छन् । सडक आसपास बसोबास गर्ने स्थानीयलाई आकस्मिक उपचार सेवा पाउनै मुस्किल छ । सडक विग्रिएकाले एम्बुलेन्ससमेत आउन नमान्ने गरेको स्थानीय बताउँछन् । त्यसो त सडक नराम्रो भएको बाहानामा महंगी पनि बढेको छ ।

काठमाडौँदेखि लेकसम्म पुग्ने यो सडक निकै व्यस्त सडकभित्र पर्छ । तर, स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो छ । त्यसो त प्रहरीलाई पनि आकस्मिक सेवा प्रदान गर्न समस्या पर्ने गरेको छ ।

खाडिचौरदेखि मुडेसम्मको २५ किमी खण्डमा सुनौलो खिम्ति कन्ट्रक्सनसहितको संयुक्त निर्माण व्यवसायी कम्पनीले काम गर्दै आएको छ । २०१७ अक्टुबर १७ मा निर्माण सक्ने गरी निर्माण व्यवसायीले २०१५ जुन ३ मा ठेक्का सम्झौता गरेका थिए ।

५१ करोड ४४ हजार रुपैयाँ लागत रहेको यो खण्ड सम्झौता अवधिमा नसकेपछि सात महिना समय थप गरिएको थियो । तर, थप दुई महिना नघाइसक्दा सडकको काम सकिने टुंगो नभएपछि गत साता सुनौलो खिम्ति कन्ट्रक्सनका भीमसेन भण्डारी पक्राउ परे । स्रोतका अनुसार अब निर्माण सम्पन्न गर्ने सर्तसहित ठेकेदार भण्डारीलाई प्रहरीले छाडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);