एउटा यस्तो खोलो, जहाँ जानसाथ सेतो कुकुर बन्छ निलो ! | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

काठमाडौँ, २ भदौ । भारतको मुम्बइमा अहिले कुकुरमा यस्तो रोग देखा पर्यो जसका कारण आजभोलि सेतो कुकुर निलो बन्न थालेका छन्। कुकुरको शरीरको रौँ र पुच्छरको रंग क्रमिकरुपमा बदलिइरहेको छ। खासगरी मुम्बईको तलोजा औद्योगिक क्षेत्र नजिक रहेका कुकुरमा यस्तो समस्या धेरै देखिएको हो।

 

औद्योगिक क्षेत्रको कसाडी नदीमा औधोगिक क्षेत्रबाट विभिन्न रसायनीक पदार्थ बगेर आएका कारण यस्तो रोग देखिएको त्याहाँका स्थानीयले बताएका छन्। केही खानका लागि नदीमा जान्छन् तव त्यहाँ गएका कुकुरको रंग निलो हुने गरेको छ।

 

भारत मुम्बइको पशु संरक्षण विभागले गत बुधबार एक कुकुरको तस्वीर लिएका थिए जसको रंग निलो भएको थियो।