भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने माओवादीको योजना | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने माओवादीको योजना

narendra modi

एजेन्सी, २६ जेठ । भारतको महाराष्ट्र प्रहरीले माओवादीहरूले ‘राजीव गान्धीको जस्तै’ प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र गरिरहेको दावी गरेको छ । पुणेस्थित विशेष अदालतमा माओवादीको एउटा पत्र पेश गर्दै प्रहरीले त्यस्तो दावी गरेको शुक्रवार सरकारी वकिलले बताएका हुन्।

गत जनवरीमा भीमा-कोरेगांवमा भएको हिंसाका क्रममा पाँचजनाको गिरफ्तारीपछि हत्याको षड्यन्त्रबारे जानकारी पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षड्यन्त्रसम्बन्धी पत्र फेला पारिएको हो ।

कमरेड प्रकाशलाई सम्बधोन गर्दै लेखिएको पत्रमा बिहार र पश्चिम बंगालमा हारको बावजुद भारतीय जनता पार्टीको १५ भन्दा बढि राज्यमा भएको जितप्रति चिन्ता व्यक्त गरिएको छ।

पत्रमा लेखिएको छ, “यदि यस्तै अवस्था जारी रह्यो भने हाम्रो पार्टीका लागि त्यो तनावको विषय हुन सक्छ। मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिएका छन्।” “हामी राजीव गान्धीको हत्या गरिए जस्तै योजनाबारे विचार गरिरहेका छौँ।”

सन् २०१७ को एप्रिल १८ उल्लेख गरिएको पत्रमा कमरेड साइबाबा र अन्य नाम समावेश छन् ।यसैबीच गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थाको समीक्षा गरिने बताएका छन्।

सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा मानव बमको प्रयोग गरी पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);