सङ्खुवासभा, २६ जेठ । सङ्खुवासभामा रुद्राक्षको फूल सुक्न थालेसँगै रुद्राक्ष बजारको चर्चा सुरु हुन थालेको छ । रुद्राक्षको बजार मूल्यसँगै प्राकृतिक र कृत्रिम स्वरुपको रुद्राक्षको बारेमा बहस चुलिएको छ ।
केही वर्षयता रुद्राक्षको आकार परिवर्तन गर्ने औजार (क्लिप) प्रयोग गरी प्राकृतिक स्वरुप परिवर्तन गर्ने प्रचलन बढ्दो छ । जिल्लाका केही किसानले रुद्राक्षको बोटमै फल (दाना) को तल्लो र माथिल्लो भागबाट चेप्टाएर आकार परिवर्तन गराउने गरिएको छ ।
सरी रुद्राक्षको कृत्रिम स्वरुपले रुद्राक्षको महìव घट्ने रुद्राक्ष व्यवसायीको भनाइ छ । यसले रुद्राक्षको बजारलाई पनि प्रत्यक्ष असर गर्ने उनीहरूले बताउँदै आएका छन् ।
रुद्राक्षको आकार बिगारे यसको धार्मिक महìव गुम्ने र यसले बजार मूल्यमा समेत असर गर्ने भएकोले यो प्रविधि हटाउनुपर्ने रुद्राक्ष व्यवसायी सङ्घ, सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिसुङ्केले बताए । लामो समयसम्म रुद्राक्षको बजार बचाइराख्न कृत्रिम प्रविधि हटाउन आवश्यक रहेको बिसुङ्केले बताउनुभयो । यस विषयमा सङ्घभित्र छलफल भइरहेको उहाँले जानकारी दिए ।
सङ्खुवासभामा चिनियाँ व्यापारीले किसानलाई क्लिप बेचेर रुद्राक्ष चेप्टाउन लगाएर प्राकृतिक स्वरुप परिवर्तन गरिँदैआएको हो । यसरी रुद्राक्षको आकार र स्वरुप बिगार्दा रुद्राक्षको बजार बिग्रने भएकोले यस्तो कार्य गर्न नहुने रुद्राक्ष व्यवसायी सन्तोष कुलुङले बताए। चिनियाँले भित्र्याएको ‘क्लिप’ का कारण रुद्राक्षको बजारमा चुनौती बढ्दैगएको कुलुङको भनाइ छ । रुद्राक्षको आकार तथा बनावट बिगार्दा विशेष गरी मुखदार दानाको बजारलाई असर गर्ने अध्यक्ष बिसुङ्केले बताए ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।