सगरमाथा नाप्न २७ करोड | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सगरमाथा नाप्न २७ करोड

sagarmatha

काठमाडौं, २६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।  मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ । विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।

नेपाल आफैले सगरमाथाको उचाइ नाप्ने कार्य शुरू गरेको यो पहिलोपटक हो। मापन कार्यले टुंगो लगाउन सके निकट भविष्यमै सगरमाथाको उचाइ कति छ भन्ने पत्ता लाग्ने छ। विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सगरमाथाको उचाइ मापनका लागि हामी लागिरहेका छौं। २५ करोड रुपियाँ बजेटले नाप्ने काम सकिन्छ। अब थप १० करोड रुपियाँ चाहिन्छ। सगरमाथाको उचाइ नेपाल आफैले नाप्नु गौरवको कुरा हो।’

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।