काठमाडौं, २५ जेठ । ३८ क्वीन्टल सुन प्रकरणका आरोपित एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।
सुन तस्करीमा अग्रवालले लगानी गर्ने गरेको आरोपमा प्ररहीले छापा मारेको हो । अनुसन्धान समितिले अग्रवालको घरबाट महत्वपूर्ण कागजातहरु समेत बरामद गरेको छ ।
प्रहरीले सुन प्रकरणको अनुसन्धान थाले लगत्तै अग्रवाल फरार छन् । अग्रवाललाई छानबिन समितिले नियन्त्रणमा लिने प्रयास गरे पनि पक्राउ गर्न सकेको छैन । यसअघि पक्राउ परेका भुजुङ गुरुङले सुन तस्करीमा अग्रवालको मुख्य लगानी रहेको बयान दिएका थिए ।