टिका खतिवडा
इलाम, २५ जेठ । इलामका अधिकांश जनप्रतिनिधिले चुनावमा जनाएको प्रतिबद्धता सपनामा सिमित भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । जनप्रतिनिधिले एक बर्षसम्म प्रभावकारी सेवा दिन नसकेको उनीहरुको गुनासो छ।
स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष बितिसक्दा पनि प्रभावकारी सेवा नपाएको भन्दै इलामका जनताले असन्तुष्टि जनाएका छन् । निर्वाचनको समयमा जनप्रतिनिधिले जनाएको प्रतिवद्धता र आश्वासन सपनामा सिमित भएको भन्दै स्थानीय निराश भएका हुन् ।
स्थानीय तहले कानुन नबनाउँदा र दक्ष कर्मचारी नहुँदा काम प्रभावकारी हुन नसकेको हो । यद्यपी, विकासका कामलाई प्राथमिकता दिएर काम गरिरहेको जनप्रतिनिधिहरुको दाबी छ ।
विकासका लागि गुरुयोजना नभएको कारण विकास निर्माणमा अन्योल भएको जिल्ला समन्य समितिको भनाइ छ । एक बर्षको अवधि जनप्रतिनिधिले अनुभवमै बिताएका छन् । स्थानीयले अबका दिनमा निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार प्रभावकारी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।