सदाचार नीति तत्काल लागू गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

सदाचार नीति तत्काल लागू गर्न माग

transparency

काठमाडौं, २४ जेठ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सदाचार नीति तत्काल लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले सदाचार नीति लागू गर्न ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् । बिहिबार काठमाडौंमा ‘बेथितिको जालो’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले मुलुकमा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरे ।

भ्रष्टाचार नियन्त्रण गर्न बनाएका कानुन कार्यान्वयनमा जोड दिन पनि सरकारलाई उनले आग्रह गरे । अध्यक्ष अर्यालले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन ऐन ल्याएपनि त्यसको कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकलाई सदाचारको बाटोमा अघि बढाउन दृढ इच्छा शक्ति भएको नेतृत्व आवश्यक रहेको बताए । उनले पारदर्शिता, सदाचार नै भ्रष्टाचार नियन्त्रण गर्ने आधार भएको स्पष्ट पारे।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि भ्रष्टाचार नियन्त्रणको कामलाई योजनावद्ध ढंगले अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।