प्रधानमन्त्रीले संसद भवनमा कफी पोखेपछि... | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

प्रधानमन्त्रीले संसद भवनमा कफी पोखेपछि…

Dutch-PM

एजेन्सी, २३ जेठ । संसद भवनमा गल्तीले कफी पोखिएपछि नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले आफैं सफा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्री जस्तो व्यक्ति आफंैले सफाइ गरेर उदाहरणीय काम गरेको भन्दै सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गरिएको छ ।

धेरै जसो ठाउँमा राजनीतिज्ञ र उच्च ओहोदाधारीहरुले फोहोर गरेर त्यतिकै छाडिदिने गर्छन । तर, मार्कले संसद भवनमा कपी पोखिएपछि आफैंले सफा गरेका छन् । उनको काम देखेर सफाइ गर्ने कर्मचारीहरु पनि दंग परे ।

प्रधानमन्त्रीले संसद भवनमा दुर्घटनावश पोखाएको कफीको कपलाई उठाएको भिडियो डच कूटनीतिज्ञले ट्वीटरमा पोष्ट गरेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भइरल भएको छ ।

भिडियोमा प्रधानमन्त्री मार्कले सरसफाइ गर्ने कर्मचारीको हातमा रहेको मप लिएर आफैंले सफा गरिरहेको देखिन्छ । प्रधानमन्त्रीले सफाइ गरिरहँदा अन्य कर्मचारीहरुले भने तालि बजाएर उनको सम्मान गरेका थिए ।

प्राय उच्च पदस्थ व्यक्तिहरु आफूले गरेको गल्ति पनि लुकाउन खोज्छन् । अझ आफ्नो कारणले भएको क्षतिको जिम्मेवारी समेत लिन चाँदैनन् । तर, मार्कले गल्तीबस कपी पोखिएपछि आफैले सफा गरेर उदारणीय काम गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);