मोरङ, २३ जेठ । संखुवासभा खादवारीका सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारी काठ तस्करीमा संलग्न रहेको खुलासा भएको छ । डिएसपी भण्डारीकै कमाण्डमा सोमबाार राति चोरीको काठसहित संखुवासभावाट ईटहरी ल्याउँलै गर्दा नेपाल प्रहरीले रंगेहात प्रक्राउ गरेपछि सो खुलासा भएको हो ।
डिएसपी भण्डारीले लाखौं मूल्यको काठ तस्करी गरेको आरोपमा क्षेत्रिय कार्यलय इटहरी झिकाईएको छ । काठ चोरी-तस्करीमा सशस्त्र प्रहरीकै बा १ झ १६६९ नम्बरको ट्रक प्रयोग भएको पाइएको छ ।
सशस्त्रका पूर्व क्षेत्रीय बाहिनी प्रमुख डिआईजी मन्दिप श्रेष्ठले छानबिन भइरहेकाले दोषीलाई कारबाही गर्ने बताए । बरामद गरेको काठ १० लाख मुल्य बारबरको रहेको प्रहरीको भनाइ छ ।
डीएसपी भण्डारी अभियोगवाट जोगिन उपभोक्ता समितिको प्रयोजनका लागी काठ ढुवानी गरिएको फर्जी कागज बनाउन लागेको खुलासा भएको छ । बरामद काठको विषयमा जिल्ला वन कार्यलयलाई भने जानकारी गराइएको छैन।




