काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्ष २०७४/७५ मा १६ हजार ८ सय ८ ओटा उजुरी आयोगमा परेको जनाएको छ ।
त्यसमध्ये ८ हजार ३१० ओटा मुद्दा भने फर्छ्योट गरिएको अख्तियारले जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगले वैशाख मसान्तसम्मको उजुरी र त्यसको प्रगति विवरणको जानकारी गराउँदै सबैभन्दा बढी शिक्षा मन्त्रालयसँग सम्बन्धित उजुरी परेको जानकारी गराएको छ । यसैगरी दोस्रो र तेस्रोमा स्थानीय विकास मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित उजुरी परेका छन् ।
४ हजार १६६ मुद्दालाई तामेलीमा पठाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । नक्कली प्रमाणपत्रसम्बन्धी १६ र भ्रष्टाचारसम्बन्धी १०३ गरी जम्मा ११९ मुद्दा विशेष अदालतमा दर्ता गरिएको जानकारी दिँदै आयोगले सबै मुद्दामा गरेर १० खर्ब ४६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी पनि गरेको पनि जनाएको छ ।