विश्वका धनी मुलुकहरुको संगठन जी सेभेनको बैठकमा अमेरिकाको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

विश्वका धनी मुलुकहरुको संगठन जी सेभेनको बैठकमा अमेरिकाको चर्को आलोचना

donald trump

काठमाडौं, २० जेठ । विश्वका धनी मुलुकहरुको संगठन जी सेभेनको बैठकमा अमेरिकाको चर्को आलोचना भएको छ ।

जी सेभेनमा आवद्ध मुलकका अर्थमन्त्रीहरुको बैठकमा अमेरिकाको चर्को आलोचना भएको हो । अमेरिकाले स्टीलको आयातमा २५ र एल्मुनियमको आयातमा १० प्रतिशत कर लगाएको विरोधमा जी सेभेनमा आवद्धमध्ये ६ मुलुकका अर्थमन्त्री अमेरिकी अर्थमन्त्री स्टीभ मनुसीनमाथि खनिएका छन् ।

छ मुलुकका अर्थमन्त्रीले मनुसीनलाई व्यापार युद्धको चेतावनी दिएका छन् । अमेरिकाले गत विहिबारदेखि स्टील र एल्मुनियमको आयातमा कर लगाएको थियो । क्यानडामा भएको बैठकमा फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मेरेले केही दिनभित्रै व्यापार युद्ध हुनसक्ने चेतावनी दिए । अमेरिका एकतिर र बाँकी छ मुलुक अर्कातिर उभिंदा बैठक संयुक्त वक्तव्य जारी नगरी टुंगिएको छ ।

अर्थमन्त्रीस्तरमा देखिएको विवाद शीर्ष नेता सम्मिलित बैठकमा पनि हुन आंकलन अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । जी सेभेनमा आवद्ध मुलकका शीर्ष नेताको ४४ औं बैठक पाँच दिनपछि क्यानडाको क्युबेकमा हुँदै छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई अरू देशहरूले वर्षौंदेखि व्यापारमा शोषण गरिरहेको भन्दै स्टील र एल्मुनियमको आयातमा कर लगाएपछि अमेरिकी स्टील उत्पादकहरूको संरक्षण भएको ट्वीट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);