काठमाडौं, १९ जेठ । कानुनमन्त्री शेरबहादुर तामाङले द्धन्द्धकालमा भएका मानव अधिकारविरुद्धका घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
आज काठमाण्डौंमा मानव अधिकार तथा शान्ति समाजको कार्यक्रममा मन्त्री तामाङले द्धन्द्धकालमा भएका मानव अधिकारका गम्भिर घटनालाई ओझेलमा पर्न नदिने र दोषीलाई कारबाही गरेरै छाड्ने बाचा गरे ।
संक्रमणकालिन न्यायलाई अन्तिम चरणमा लगिसकेको बताउँदै उनले पीडितले न्याय महशुस गर्ने गरी काम गर्ने गरिने बताए । द्धन्द्धकालिन घट्नाको अध्ययन, अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय सिफारिस गर्न गठित दुई आयोगले सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो गरिरहेका बेला कानुनमन्त्रीबाट यस्तो प्रतिबद्धता आएको हो ।
कार्यक्रममा सहभागी अधिकांसले द्धन्द्धकालिन घट्नाका दोषीलाई उन्मुक्ति दिने गरी राजनीतिक गतिविधि भइरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।




