आज रातिबाट आचारसंहिता लागु हुने, उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज रातिबाट आचारसंहिता लागु हुने, उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग

nirbachan ayog-upanirbachan

काठमाडौं । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए । ‘आचारसंहिता पालना गर्छाैं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने । आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);