दरवार हत्याकाण्डको १७ बर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

दरवार हत्याकाण्डको १७ बर्ष पुरा

birendra

काठमाडौं, १९ जेठ । २०५८ सालमा राजा विरेन्द्र शाहको बंश नाश हुने गरि हत्या भएको आज १७ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते दरवार भित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

आज राजा विरेन्द्रलाई सम्झनेहरुले ललितपुरको जावलाखेल चोकमा रहेको राजा विरेन्द्रको शालीकमा माल्यार्पण गरि श्रद्धासुमन व्यक्त गरेका छन् ।

इतिहासकै ठुलो घटनाको रुपमा हेरिएको राजा बिरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै टिक्न सकेन । विरेन्द्रको अवसान पछि नेपालमा मात्र ४ बर्ष ज्ञानेन्द्र शाहले राजतन्त्र सम्हाले ।

हत्याकाण्डको सात बर्ष पछि नेपालमा राजतन्त्र समाप्त भयो । राजा विरेन्द्रको बंश नास हुने गरि भएको हत्या काण्डको १७ बर्ष पुरा हुँदा समेत घटनाको यथार्थ छानविन हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);