भ्रष्ट र तस्करविरुद्ध 'स्टिङ अपरेशन' जरुरी : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

भ्रष्ट र तस्करविरुद्ध ‘स्टिङ अपरेशन’ जरुरी : गृहमन्त्री

चितवन, १७ जेठ । गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट र तस्करविरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन् । गृहमन्त्री थापाले मुलुकको समृद्धि र विकासको बाधकको रुपमा रहेका भ्रष्ट र तस्करहरुलाई फोटोमार्फत् सार्वजनिक गर्न फोटो पत्रकारहरुलाई आग्रह गरे ।

बिहीबारबाट चितवनको सौराहामा सुरु भएको नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजस्व छल्ने तस्कर र भ्रष्टहरुले मुलुकको अर्थतन्त्रलाई धमिराले झैं खोक्रो बनाईरहेको उल्लेख गर्दै त्यसविरुद्ध स्टिङ अपरेशन गर्न पत्रकारहरुलाई आह्वान गरे ।

गृहमन्त्री थापाले भ्रष्ट, दलाल, तस्कर, नोकर शाह लगायतका राष्ट्रविरोधी तत्वलाई सरकारले कडा कार्वाही गर्ने चेतावनी दिए ।

गृहमन्त्री थापाले श्रमविना नै कालो अर्थतन्त्र भित्र्याउने पूँजी पति विरुद्ध फोटो पत्रकारहरु क्रियाशील हुने विश्वास व्यक्त गरे ।

Uncategorized‐मा वर्गिकृत