फोरम सरकारमा, राजपालाई मन्त्रालय नै छैन | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

फोरम सरकारमा, राजपालाई मन्त्रालय नै छैन

madeshi neta

काठमाडौं, १७ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ । फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन ।

यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ । फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);