भारतमा आँधी र चट्याङका कारण ५० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

भारतमा आँधी र चट्याङका कारण ५० को मृत्यु

storm n lightning

एजेन्सी , १६ जेठ । भारतको उत्तर प्रदेश, बिहार र झारखण्डमा आँधीका कारण ५० जनाको मृत्यु भएको छ । रातभर चलेको आँधीका कारण उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

उत्तर प्रदेशको उन्नाव, रायबरेली, कानपुुर, पिलिभित जिल्ला आँधीबाट बढी प्रभावित भएका छन् । बिहारमा आँधीमा परी २० जनाको मृत्यु भएको छ । चट्याङका कारण समेत मृत्यु हुनेको संख्या उल्लेख्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

झारखण्डमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएका छन् । उत्तरखण्डको उत्तरकाशीमा आँधीका कारण रुख ढल्दा तीन बालबालिकाको मृत्यु भएको छ ।

भारतीय मौसम विभागले जम्मु कश्मिर, हिमाचल प्रदेश, पुर्वी मध्य प्रदेश, छत्तीसगढ, विहार, झारखण्डमा तिव्रगती हावाहुरी चल्नुका साथै चट्याङ पर्ने पुर्वानुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);