बजेट सकारात्मक रहेको भवानी राणाकाे टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजेट सकारात्मक रहेको भवानी राणाकाे टिप्पणी

काठमाडौं, १५ जेठ । उद्योगी, व्यवसायीहरुले सरकारले ल्याएको बजेटलाई सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारको बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिइन् ।

उनले बजेटमा सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने, रुग्न उद्योगका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, महिला उद्यमका लागि प्रोत्साहन गर्ने खालको कार्यक्रम आउनु सकारात्मक भएको बताइन् ।

मंगलबार अपरान्ह संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले बजेट सकारात्मक देखिएको बताएकी हुन् । अध्यक्ष राणाले सामाजिक सेवाको क्षेत्रमा पनि सरकारले उचित सम्बोधन हुने गरी बजेट ल्याएको प्रतिक्रिया दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);