खुल्ला भलिबल प्रतियोगिताको उपाधि सगरमाथा “ए”लाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

खुल्ला भलिबल प्रतियोगिताको उपाधि सगरमाथा “ए”लाई

volleyball

सोलुखुम्बु, १५ जेठ । सोलुखुम्बुको नाम्चेमा भएको सर्वाधिक राशीको खुल्ला भलिबल प्रतियोगिताको उपाधि सगरमाथा सेवा समाज “ए” ले हात पारेको छ । खुम्जुङ युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै सगरमाथा सेवा समाजले उपाधि हात पारेको हो ।

उपाधिसँगै सगरमाथाले पाँच लाख एक सय एक रुपैयाँ र उपविजेता खुम्जुङ युवा क्लबले तीन लाख एक सय एक रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै जनकल्याण थुलुङलाई पराजित गर्दै सगरमाथा सेवा समाज “बि” तेस्रो भएको छ । उसले १ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ ।

सगरमाथा सेवा समाज “ए” का उत्कृष्ट खेलाडी घोषित भएका अमृत केसले ५० हजार १ सय १ रुपैयाँ प्राप्त गरे । सगरमाथा दिवसको अवसरमा नाम्चे युवा समुहले भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितमा १२ वटा क्लबले भाग लिएका थिए ।

नाम्चे युवा समुहका संयोजक लामाकाजी शेर्पाले खुम्बु क्षेत्रमा बाह्य सँगै आन्तरिक पर्यटकलाई आकर्षित गर्न प्रतियोगिताको आयोजना गरिएको बताए ।