करौडौंको मानपदवी लिलामीको तयारी: एक बर्षभित्र लिन नआए खारेज | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

करौडौंको मानपदवी लिलामीको तयारी: एक बर्षभित्र लिन नआए खारेज

takma

काठमाडौं, १५ जेठ । सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी (अलंकार) लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ।

त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ। २०६२/ ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो। जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन्।

बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् । यी तक्मा निर्माणका लागि सरकारले १ अर्ब हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ। आजको कारोवारमा यो खबर छ ।