काठमाडौं, १४ जेठ । युद्ध अपराधको आरोपमा जेल परेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने चर्चाले यतिबेला अधिकारकर्मी र द्वन्द्वपीडितहरुले प्रर्दशन गर्दै आएका छन् । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनी अहिले जेलमा छन्।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंंगेललाई आममाफी दिने तयारी गरेको चर्चा भइरहेका बेला द्वन्द्वपीडितले त्यसो नगर्न खबरदारी गर्दै काठमाडौंमा विरोध प्रर्दशन गर्दै आएका छन् । व्यक्ति हत्या गरेकाे आरोपमा जेल परेका ढुंगेललाई आममाफी दिनु कति उचित र जायज हो ? यसै विषयमा आधारीत रहेर बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीसँग माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले गरेको ‘खरो-प्रश्न’ हेर्नुहोस्: