उपत्यकामा रगत अभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

उपत्यकामा रगत अभाव

blood

काठमाडौं, १४ जेठ । उपत्यकामा रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ ।

सामान्यतया दसै तिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो । पछिल्ला दिनमा भने सधैजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन् । ठुला अस्पताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ ।, आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);