आधारभूत तहमै टिक्दैनन् विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी

school student

काठमाडौं, १४ जेठ । सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ ।

सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ । ८ कक्षा पास नगरेकालाई सरकारले दिने सेवाबाटै वञ्चित गर्ने गरी शिक्षाको अधिकारसम्बन्धी ऐन मस्यौदा भइरहँदा सर्वेक्षणले भने ७७ प्रतिशत विद्यार्थी मात्रै ८ कक्षासम्म टिक्ने गरेको देखाएको छ । ७ प्रतिशतले कक्षा दोहोर्‍याउने गरेको र ४ प्रतिशतले बीचैमा पढाइ छाड्ने गरेको देखिएको छ ।

‘विद्यालय तहमा विद्यार्थी टिकाइराख्न थप प्रयास गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ । कक्षा ८ सम्मलाई अनिवार्य शिक्षा भनेर संविधानमै उल्लेख गरिए पनि उक्त तह उत्तीर्ण नगरी पढाइ छाड्ने क्रम नरोकिएको हो । यसले सरकारको लक्ष्य हासिल गर्नै चुनौती बन्ने देखिन्छ ।

शैक्षिक सत्र २०७४ मा कक्षा १ देखि ५ मा भर्नादर ९५ प्रतिशतभन्दा माथि देखिएको छ । कक्षा ६ देखि ८, ९ र १० तथा ११ र १२ मा उक्त दर क्रमश घटदै गएको छ । कक्षा ६ देखि ८ मा औसत भर्नादर ८७ प्रतिशत छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);