कसैले छोड भन्दैमा नेतृत्व छोड्दिन : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कसैले छोड भन्दैमा नेतृत्व छोड्दिन : सभापति देउवा

deuba

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियनको स्थापन दिवसको अवसरमा आइबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले छोड भन्दैमा नेतृत्व नछाड्ने बताए ।

पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको उनको भनाइ छ । देउवाले तीन वर्ष पछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताए । दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण निर्वाचनमा हार्नुपरेको भन्दै उनले निर्वाचनको हारबाट नआत्तिन पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गरे । सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र नेता रामचन्द्र पौडेलको ध्यानाकर्षण गराए । महामन्त्री कोईरालाले पार्टी एकतालाई बलियो बनाएर लैजाने काममा सहयोग गर्न प्रेस युनियनका नेतृत्वसँग आग्रहसमेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);