'पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन बन्दै' | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

‘पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन बन्दै’

krishana bdr mahara

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन निर्माण गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभामुख महराले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पनि आवश्यक ठोस दृष्टिकोण अघि सार्ने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै उनले त्यसको विकासका लागि आवश्यक दृष्णिकोण बनाउन सरकारलाई आवश्यक सुझाव दिन पनि पर्यटन व्यवसायीहरुलाई आग्रह गरे ।

शनिबार गन्तव्य नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रले विश्वमा नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको स्मरण गराए ।

सभामुख महराले नेपालको भूगोल, संस्कृति र जनजीवनबारे विश्व समूदायलाई जानकारी दिन पनि नेपालको पर्यटन क्षेत्र उपयोगी भएको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);