नेपाली खेलाडी पलेसा गोवर्द्धनले जितिन कास्यपदक | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नेपाली खेलाडी पलेसा गोवर्द्धनले जितिन कास्यपदक

काठमाडौं, ११ जेठ । भियतनाममा जारी चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपाली खेलाडीले पदक जितेकी छन् ।

पलेसा गोवद्र्धनले पारा तेक्वान्दोको ५८ केजी माथिको प्रतियोगितामा कास्य पदक हात पारेकी हुन् । नेपाल तेक्वान्दो संघका अनुसार पलेसाले पहिलो खेलमा टर्कीकी नुरचिहान इक्निचीलाई ९–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनल पुगेसँगै उनको कास्य पदक पक्का भएको थियो । बिहीबार भएको प्रतिस्पर्धामा पलेसा सेमिफाइनलमा उज्वेकिस्तानकी गुलजोनोयो नेएमोभोसँग ९–४ ले पराजित भइकी थिइन् ।

पलेसालाई पराजित गर्ने नेएमोभाले उक्त तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । प्रतियोगितामा एसिया, युरोप, अमेरिका लगायतका खेलाडीको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);