नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता अाएन : गच्छदार | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता अाएन : गच्छदार

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बिजय कुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधीसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले बेग्लै राजनीतिक परिर्वनत र आमुल परिर्वतन पछि बनेको सरकार र त्यसले ल्याएको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको बताएका छन् ।

सरकारले राज्यलाई कसरी हाँक्न खोजेको छ भन्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा आउनुपर्ने उनको तर्क थियो । राजनीतिक दृष्टिकोणबाट नीति तथा कार्यक्रम चुकेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);