मोरङ, ११ जेठ । प्रहरीले साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
मोरङ उर्लाबारीका सुनचादी व्यवासायी रेवत आर्चायलाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करीका नाईके भनिएका चुडामणि उप्रेती गोरेले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले आर्चायलाइ विराटनगर ल्याएको छ । पक्राउ परेका आर्चाय तत्कालीन एमालेका कार्यकर्ता रहेको खुल्न आएको छ । यसैबीच मोरङ अदालतले उप्रेतीसँग आज पनि बयान लिँदै छ । आज बयान सकिएपछि बहस सुरु हुने छ ।