कोरियामा तीन नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कोरियामा तीन नेपालीको मृत्यु

koria nepali

काठमाडौं, ११ जेठ । दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ ।

लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित होटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए ।
यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।

मगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);