पाँच वर्षसम्म वर्तमान सरकार ढल्दैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

पाँच वर्षसम्म वर्तमान सरकार ढल्दैन : प्रचण्ड

prachanda-1

काठमाडौं, १० जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् ।

अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य/मान्यता अनुसार अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दीगो र बलियो सरकार स्थापना गरिएको बताए ।

अध्यक्ष दाहालले सरकार कसैले हल्लाएर नहिल्ने दावी गरे । उनले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको उल्लेख गरे ।

अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको बताए । उनले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौति हुने उल्लेख गरे ।

उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);