ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

काठमाडौँ, १ भदौ । सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्धारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ। गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पत निर्णय भएको छ।

 

संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरुका नाममा बाँड्ने निर्णय भएको हो। कलेज स्रोतबाट प्राप्त कागजातमा कलेजको खातामा रहेको रकमध्ये सात जना सञ्चालकलाई एक रकोड ५० लाख रपैयाँका  दरले बाँड्ने निर्णय गरेको उल्लेख छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।