काठमाडौं, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ७ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा श्रद्धाञ्जलीसभा गरिएको छ ।
सिद्धिचरण स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंको ओमबहालमा रहेको युगकवि श्रेष्ठको प्रतिमास्थलमा श्रद्धाञ्जली सभा गरिएकोे हो । कार्यक्रममा साहित्यकारहरुले युगकवि श्रेष्ठले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यिक फाँटमा युगकवि र नेपाल भाषाका कविरत्नका रुपमा परिचित छन् । ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठको मेरो प्यारो ओखलढुंगा लगायतका गीत चर्चित छन् । नेपाली र नेवारी भाषामा गरी उनका कयौं कृति प्रकाशित छन् ।