काठमाडौं, ८ जेठ । सरकारले पाँच बर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा आगामी ५ बर्ष भित्र प्रतिव्यक्ति आय दोब्बर पार्ने र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने महत्वकाक्षी लक्ष्य राखिएको हो । अरु विभिन्न महत्त्वपूर्ण कुराहरु पनि उल्लेख गरिएको छ । वाम सरकारले ल्याएको नीति तथा कार्यक्रम हिजोकै सरकारको आवरणमा छ कि फरक छ ? अब सरकारले चाल्ने कदम के हुन्छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थराजनीतिक विश्लेषक अच्युत वाग्लेसँग गरेको कुराकानी हेर्नुहोस् :