३८ क्वीन्टल सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

३८ क्वीन्टल सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती पक्राउ

gore

काठमाडौं, ८ जेठ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको गिरोहका मुख्य नाइके चुडामणी उप्रेती पक्राउ परेका छन् ।

सरकारले गठन गरेकोे विशेष छानबिन समितिले गारे भनिने चुडामणी उप्रेतीलाई पक्राउ गरेको हो । गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको स्रोतहरुले बताएका छन् । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर उप्रेतीलाई सार्वजनिक गर्दै छ । उप्रेतीले पाँच वर्षदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा विभिन्न एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर सुन तस्करी गर्दै आएका थिए ।

पाँच वर्षको अवधिमा उप्रेतीले करीब ३८ क्वीन्टल सुन तस्करी गरेको सरकारको विशेष छानबिन समितिले यसअघि नै सार्वजनिक गरिसकेको छ । उप्रेतीले पछिल्लोपटक तस्करीको ३३ किलो सुन हराएपछि आफ्नै गिरोहका सदस्य सनम शाक्यको करेन्ट लगाएर हत्या गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);