अछामको मंगलसेन–ठाँटीखाद सडकखण्डमा कालोपत्रे सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

अछामको मंगलसेन–ठाँटीखाद सडकखण्डमा कालोपत्रे सुरु

mugling-sadak

अछाम, ७ जेठ । मध्यपहाडी लोकमार्ग अन्तर्गत अछामको मंगलसेन–ठाँटीखाद सडकखण्डमा कालोपत्रे सुरु गरिएको छ । चार खण्डमा वर्गीकरण गरि काम गररिहेको लोकमार्गले अहिले मंगलसेन–ठाँटीखाद सडकखण्डको कालोपत्रे काम सुरु गरेको हो ।

२९ करोडको ठेक्कामा कालोपत्रे हुन लागेको सो सडक खण्ड २ महिना भित्रमा कालोपत्रे सक्ने आयोजनाका इन्जिनियर तुलाराम शर्माले बताए । त्यस्तै रुकुम खण्डमा पनि काम धमाधम भैरहेको छ । १ सय ३० किलोमिटर सडकलाई आठ खण्डमा विभाजन गरेर काम भइहरेको छ ।

रुकुम पूर्वको रुकुमकोटसम्मको १९ किलोमिटर सडक कालोपत्रका लागि अहिले सडक चौडा पार्ने काम भइरहेको छ । आगामी ३ बर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर सुप्रिम चुडालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);