बाँके, ६ जेठ । बाँकेको नेपालगन्ज नगरको फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । स्थानीय तह निर्वाचनपछि यसमा सुधार हुने आशा र विश्वास गरिए पनि मुख्य बजार झन् फोहोर र अव्यवस्थित भएका छन् । तर, यसप्रति जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।
सफा र सुन्दर नगर बनाउने वाचा गरेर निर्वाचित जनप्रतिनिधिले निर्वाचनपछि आफ्ना वाचा पूरा नगर्दा नेपालगन्ज उप–महानगर दिनप्रतिदिन दुर्गन्धित र अव्यवस्थित हुँदै गएको हो । उपमहानगर प्रमुख धवलशमशेर राणाले नगर सफाइ अभियानमा स्थानीयबासीको अपेक्षित साथ नपाएको बताए । आगामी दिनमा स्थानीयसँगको प्रभावकारी समन्वयमार्फत नगरको सरसफाइमा लाग्ने उनले प्रतिबद्धता पनि जनाए ।




