काठमाडौं, ६ जेठ । भारतको उत्तराखण्डमा ७ रेक्टर स्केल माथिको भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । भूकम्पीय दृष्टिबाट सम्पूर्ण हिमालय क्षेत्र संवेदनशील मानिएकाले सतर्कता अपनाउन वैज्ञानीकहरुले सुझाव पनि दिएका छन् ।
भूकम्प थाहा दिएर आउँदैन । भूकम्पबारे भविष्यवाणी गर्ने मेसिन पनि बनेको छैन् । तर, स्याटेलाइटमार्फत गरिएको एक अध्ययनमा वैज्ञानिकहरुले भारतको उत्तराखण्डमा ७ म्याग्निच्युडभन्दा माथिको भूकम्प जाने खतरा औँल्याएका छन् । ‘एक्टिभ टेक्टोनिक्स अफ कुमाउ एण्ड गढवाल हिमालय नामक अध्ययनमा यो कुराबारे उल्लेख गरिएको छ ।
भौगर्भिक हलचल र जमिनभित्रको फाल्ट सक्रिय भएर एक अर्को प्लेटमा ठोकिदा जम्मा भएको शक्ति बढ्दै गएर विनासकारी स्वरुप धारण गरेपछि ठूलो भूकम्पको खतरा उत्पन्न हुन्छ । भारतका भूगर्भविद्हरुले उत्तराखण्डमा १ सय ३४ फाल्ट सक्रिय अवस्थाम रहेको जनाएका छन् । गढवालमा ५७ र कुमाउमा ७७ फाल्ट सक्रिय रहेको अध्ययनमा उल्लेख छ ।
वरिष्ठ वैज्ञानीक डा. आरजे पेरुमलले भूकम्पीय फाल्टको अध्ययनका गढवाल र कुमाललाई बेग्ला बेग्लै क्षेत्रमा विभाजन गरी अध्ययन भइरहेको बताएका छन् । यसका निम्त सेटेलाइट चित्रको सहयोग लिने काम पनि भएको कुरा भारतीय संचारमाध्मले जनाएको छ । अध्ययन गरिएको उक्त क्षेत्रमा ७ रेक्टर स्केल माथिको भूकम्प आउन सक्ने खतरा औंल्याइएको छ ।
भूकम्पीय दृष्ट्रिबाट सम्पूर्ण हिमालय क्षेत्र संवेदनशील क्षेत्रको रुपमा रहेकोले सतर्कता अपनाउन वैज्ञानीकहरुले आग्रह गरेका छन् । हिमालय क्षेत्रमा लगातार स साना भूइचालो जानुले उर्जा रिलिज भइरहेको तर पृथ्वी भित्रै धेरे उर्जा संचित रहेकोले जोखिम बढ्ने सम्भावना तर्फ भूगर्भविद्हरुले सचेत गराएका छन् । जमिनमुनि शक्ति संचय भएर ठूलो भूइचालो गएपछि ४८ घण्टा भित्र आफ्टरसक अर्थात भूचालो फर्किने खतरा रहने वैज्ञानिहरु दावी गर्छन् ।
वरिष्ठ भूगर्भविद् प्रोफेसर बहादुर सिंह कोटालियाले हिमालउ क्षेत्रमा लामो समय देखि जमिनमुनि जम्मा भएको उर्जा बाहिर नआउदा भविश्यमा ठूलो भूचालोको खतरा औंल्याएका छन् ।
उत्तराखण्डमा हुने भौगर्भिक हलचल र ठूलो भूइचालोको असर नेपालमा समेत पर्ने सम्भाना भूगर्भविद्हरुले औंल्याएका छन् । भूकम्पसम्बन्धी अनुसन्धानका लागि नेशनल जियोफिजिकल रिसर्च ईस्टिच्युट हैदरावादले ६ स्थानमा भूकम्प सुरक्षित मोडल कक्ष स्थापित गथरेको छ ।




