विराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउने घोषणा : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

विराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउने घोषणा : प्रधानमन्त्री ओली

kp oli pm

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका पहिलो बैठकमा विराटनगरमा भारतले फिल्ड अफिस राख्नुको अर्थ नरहेको बताए । उनले खास एउटा प्रयोजनाका लागि खुलेको अफिस सन्दर्भसकिने वित्तिकै उठ्नुपर्नेमा नउठ्नु दुःखद भन्दै यस विषयमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको भ्रमणका बेला कुरा उठाएको बताए ।

भारतले २०६५ सालमा कोशी नदीको तटबन्ध भत्किएका बेला उद्योग व्यापारमा सहजीकरण गर्न भन्दै विराटनगरमा फिल्ड अफिस खोलेको थियो । परराष्ट्र मन्त्रालयले पाँच वर्ष पहिले नै फिल्ड अफिस हटाउन भारतीय दूतावासलाई पत्राचार गरेकामा अफै अझै यथावत छ ।